स्कटल्यान्डसँग भिड्दै नेपाल, कीर्तिमान बनाउने अवसर

Read Time:2 Minute

आईसिसी विश्वकप लिग २ अन्र्तगतको घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम नेपालले आज बलियो स्कटल्यान्ड को सामाना गर्दै छ। खेल ९ बजे कीर्तिपुरस्थित टियू मैदानमा सुरु हुनेछ।

नामिबिया र स्कटल्यान्ड सम्मिलित सिरिजमा यसअघिका तीन खेल जितिसकेकाले नेपाल चौथो जितको खोजीमा हुनेछ। यता, लिग २को उपाधि जितिसकेको स्कटल्यान्ड पनि तेस्रो जितको खोजीमा हुनेछ।

सिरिजमा नेपालले नामिबियामाथि २ र स्कटल्यान्डमाथि १ जित निकालेको छ। यता, स्कटल्यान्डले दुवै खेलमा नामिबियालाई हराएको छ।

आज स्कटल्यान्डविरुद्ध मैदानमा उत्रँदा नेपाललाई कीर्तिमान बनाउने अवसर पनि हुनेछ। आज स्कटल्यान्डलाई हराउन सके नेपाल २०१९ देखि सुरु भएको लिग २मा आईसीसी विश्वकप लिग टूमा आफ्नो घरेलु मैदानमा त्रिकोणात्मक सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बन्नेछ।

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ९ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम हुनेछ । शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउँन नेपालले सबै खेल जित्नुपर्ने हुन्छ । 

स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । जिम्बाबेमा हुने विश्वकप छनोटमा समेत स्कटल्याण्डले स्थान पक्का गरिसकेको छ ।  

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post स्पट फिक्सिङकाे अभियोगमा पाँच जनाविरुद्ध मुद्दा
Next post आयरल्यान्डलाई हराउँदै भारत महिला विश्वकपको सेमिफाइनलमा
Close