नेपालले सुरुआतमै गुमायो दुवै ओपनर, दबाबमा नेपाल

19 Apr, 2024

ओमानमा जारी एसिसी प्रियिमर कपको सेमिफाइलनमा नेपाल सुरुआतमै दबाबमा आएको छ। अल अमेरात क्रिकेट मैदानमा जारी खेल युएईविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पावर प्लेमै दुवै ओपनरलाई गुमाएको छ।

नेपालले पहिलो बलमै ओपनर कुशल भुर्तेल जुनैद सिद्दिकीको बलमा गोल्डेन डक भएका थिए। त्यसपछि चौथो ओभरको तेस्रो बलमा अर्का ओपनर आसिफ सेख सिद्दिकीकै बलमा एलबिडब्लु आउट भए।

पावर प्लेको समाप्तिमा नेपालले ३० रन बनाउँदा २ विकेटको गुमाएको छ। क्रिजमा अहिले क्रिजमा सन्दीप जोरा १० बलमा १६ रन बनाएर खेलिरहेका छन् भने उनलाई कप्तान रोहितकुमार पौडेलले १४ बलमा ४ रन बनाएर साथ दिइरहेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]