सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

नेपालको खराब ब्याटिङ, युएईलाई दियो १२० रनको झिनो लक्ष्य

ओमानमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले खराब ब्याटिङ गरेको छ। अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा युएईविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ११९ रन मात्र बनाउन सक्यो।

नेपालका लागि तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके। सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्का मद्दतमा सार्वधिक ५० रन बनाए। यस्तै, गुल्सन झाले १६ बलमा समान १ चौका र छक्का मद्दतमा २० र करण केसीले १२ बलमा २ छक्का प्रहार गर्दै १७ रन बनाए।

नेपालले पहिलो बलमै ओनपर कुलश भुर्तेललाई गुमाएको थियो। त्यसपछि लगातार विकेट गुमाउँदा नेपाल दबामा आएको थियो। माथिल्लो र मिडलअर्डरका ब्याट्सम्यानले सन्दीपलाई गतिलो साथ नदिँदा प्रतिस्पर्धात्क लक्ष्य दिन सकेन।

नेपालका आशा गरिएका ब्याट्सम्यानहरु आसिफ सेख ८, रोहितकुमार पोडेल र दीपेन्द्रसिंह ऐरी समान ५ तथा कुशल मल्ल ३ रनमै आउट भए।

नेपालको इनिङ धरासायी बनाउने क्रममा युएईका जुनैद सिद्दिकी, अलि नासर र बासिल हमिदले समान २ विकेट लिए।

1.3Kशेयर