वेस्टइन्डिजले नेपालविरूद्ध टस जितेर ब्याटिङ राेज्याे, नेपाली टिममा ५ परिवर्तन

28 Apr, 2024

टि–२० सिरिजको दोस्रो खेलमा वेस्टइन्डिज एले टस जितेको छ। कप्तान रोस्टन चेसले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन्।

टस हारेको नेपालले दोस्रो खेलमा पनि पहिला बलिङ गर्ने भएको छ। पहिलो खेलमा नेपालले २०५ रनको विशाल लक्ष्य चेज गरेको थियो।

नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले टिमम ५ परिवर्तन गरेका छन्। उनले टिमम २ ब्याट्सम्यान र ३ बलर परितर्वत गरेका छन्।

उनले पहिलो खेलम रहेका विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, अभिनाश बोहोरा र ललित राजवंशीलाई टिमबाहिर राख्दै लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाललाई मौका दिएका छन्।

यता, वेस्ट इन्डिजले पनि टोलीमा एक परिवर्तन गरेको छ। मध्यक्रमका ब्याटर कदिम एलेनेको स्थानमा स्पिनर हेडन वाल्सलाई टिममा राखेको छ।

नेपाली टिम रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द, लोकेश बम, सागर ढकाल ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]