वेस्टइन्डिज विशाल योगफल तर्फ अग्रसर

1 May, 2024

५ खेलको टि–२० सिरिजको तेस्रो खेलमा वेस्टइन्डिज एले उत्कृष्ट व्याटिङ प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले १४ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १४१ रन बनाएको छ।

अहिले क्रिजमा जोन्सन चार्ल्स ४८ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै ८९ रन बनाएर खेलिरहेका छन् भने उनलाई २७ बलमा ३७ रन बनाएर आन्द्रे फ्लेचरले साथ दिएका छन्। यी दुईले दोस्रो विकेटका लागि ११८ रनको साझेदारी गरेका छन्।

यी दुईको साझेदारी तत्काल तोड्न नसके वेस्टइन्डिजले २३० माथि रन बनाउने देखिएको छ।

एकमात्र विकेट नेपालले रनआउटका रुपमा पाएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]