सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

चार्ल्सको शकत, वेस्टइन्डिजले दियो नेपाललाई २२८ रनको लक्ष्य

ओपनर जोन्सन चार्ल्सको शानदार शतक मद्दतमा वेस्टइन्डिज एले नेपाललाई २२८ रनको विशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज एले ३ विकेको क्षतिमा २२७ रन बनायो।

वेस्टइन्डिजका लागि अघिल्लो खेलमा खासै नचलेका जोन्सन चार्सले ६१ बलमा १३ चौका र ७ छकका प्रहार गर्दै नटआउट ११९ र रन बनाए। यस्तै, आन्द्र फ्लेचरले ३३ बलमा ४ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि ११८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

यी दुई बाहेक अलिक एथान्जले १९ बलमा १७, फाबियन एलेनले १९ र किमो बपलले १३ रन बनाए।

बलिङ करण केसी र सागर ढकालले समान १ विकेट लिए।

1.3Kशेयर