नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै नेपाल, १६ ओभरमा ५ विकेट गुमाएर बनायो १०७ रन

30 Jan, 2025
Share:
117 Shares

किर्तिपूरस्थित टियु मैदानमा जारी त्रिकोणात्मक महिला टि२० सिरिजअन्तर्गतको नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा नेपालले १५८ रनको लक्ष्य पाएको छ। जवाफी ब्याटिङमा आएको नेपालले १५ ओभरमा ५ विकेट बनाउँदै १०० रन बनाएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५७ रनको ठूलो योगफल बनाएको थियो। उसका लागि रोबिन रिज्केले ४८ बलमा सर्वाधिक ५९ रनको योगदान दिइन्। यस्तै, आइरिस ज्विलिङले ३१, स्टेरे कालिसले २९ तथा हेथर सिगर्सले २३ रन बनाएकी थिइन्।

टस जितेर बलिङ रोजेको नेपालले राम्रो सुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन सकेन। कविता कुँवरले दोस्रो बलमै ओपनर फिबि मोल्केनबोरलाई एलबीडब्ल्यू आउट गरेकी थिइन्। यस्तै, दोस्तो ओभरमा पुजा महतोले कप्तान बबेते डि लिडलाई आउट गरेकी थिइन्।
तर, नेदरल्यान्ड्सको मध्यक्रमका अगाडी भने नेपाली बलर चल्न सकेनन्। नेपालका लागि रुबिना क्षेत्री, इश्वरी बिष्ट र सीता राना मगरले पनि १–१ विकेट लिए।

जवाफी ब्याटिङमा आएको नेपालको भने मध्यक्रम डगमगाएपछि १५८ रनको लक्ष्य विशाल बन्दै गएको छ। ओपनर सीता राना मगरले २५ रन बनाएर खेलिरहेकी छिन् भने उनलाई कविता जोशीले ८ रन बनाएर साथ दिएकी छिन्।

पूजा महतोले २४ रन रुबिना क्षेत्रीले ११ रन बनाउनु बाहेक अन्य खेलाडी खासै चल्न सकेनन्। नेपाललाई अब जितका लागि २० बलमा ४८ रन आवश्यक छ।