बरोडासँग खेल्दै नेपाली क्रिकेट टिम

2 Apr, 2024

भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेल खेल्दैछ।

नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुने खेलमा नेपालले बरोडासँग खेल्नेछ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो। यस्तै, गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो।

दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालले भारतमा तयारी गरेको हो। त्यसैले बेन्चका खेलाडीलाई पनि मौका दिनसक्छ।

बरोडाको कप्तानी विष्णु सोलांकीले गर्नेछन् । ३१ वर्षीय उनले ४१ प्रथम श्रेणी, ५० लिष्ट ए र ६२ टी–२० खेल खेलेका छन् । त्यस्तै भारतबाट यू१९ क्रिकेट खेलेका शस्वात रावत पनि बरोडाको टोलीमा छन्।

बरोडाको टोलीमा अधिकांश खेलाडी रणजी खेल्ने दोस्रो रोजाइका खेलाडी छन्।

बुधबार नेपालले गुजरात र शुक्रबार बरोडासँग खेल्नेछ । फाइनल पुग्न सके आइतबार खेल्नेछ ।