नेपाली टिमको बन्द प्रशिक्षण आजबाट सुरु

एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिजका नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्ष्ण आजबाट सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान) आगामी मार्चमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजका शनिबारबाट कीर्तिपुरस्थित टियू मैदानमा बन्द प्रशिक्षण सुरु गरेको हो ।

बन्द प्रशिक्षणका लागि क्यानले बिहीबारमात्र ३२ सदस्यीय टिम घोषणा गरेको थियो । ३२ जनालाई प्रशिक्षणमा बोलाइए पनि पहिलो चरणको बन्द प्रशिक्षणमा २१ खेलाडी सहभागी छन् । प्रारम्भिक टिममा रहेका शरद भेषवाकर, अविनाश बोहरा, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुशल मल्‍ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल भने दोस्रो चरणमा बन्द प्रशिक्षणमा सहभागी हुने छन् ।

क्यानले घोषणा गरेको टिममा अलराउन्डर पृथु बास्कोटाले ६ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका थिए । उनी २०१५ जुलाई पछि पहिलो राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका हुन् । उनी प्रधानमन्त्री कपका उत्कृउष्ट ब्याट्सम्यान हुन् ।

पृथुसँगै प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीहरुलाई पनि क्यानले बन्द प्रशिक्षणमा बोलाएको छ । जसमा अलराउण्डर विवेक यादव, अर्जुन कुमाल, अनुज चुनारा छन् । यस्तै, कृष्ण कार्की, सौरभ खनाल, शाहब आलम र आशिफ शेखले टिममा पुनरागमन गरेका छन् ।

लिगअन्तर्गत नेपालले पहिलो सिरिजन घरेलु मैदानमा ओमान र अमेरिकासँगै खेलेको थियो । जसमा नेपालले अमेरिकाविरुद्धका दुवै खेल जितेको थियो भने ओमानसँग दुवै खेलमा पराजित भएको थियो । ४ खेलमा २ जितसहित ४ अंक जोडेको नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

प्रारम्भिक टिम : पृथु बास्कोटा, सौरभ खनाल, विक्रम सोव, राजेश पुलामी, रोहित पौडेल, सुशान भारी, साहब आलम, सन्दीप जोरा, कमल सिंह ऐरी, आसिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललित राजवंशी, हरि शंकर साह, विवेक यादव, राम नरेश गिरी, अर्जुन कुमाल, कृष्ण कार्की, खडक बहादुर बोहरा, अनुज चुनारा, पवन सर्राफ, शरद भेषवाकर,अविनाश बोहरा, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुशल मल्‍ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का, ज्ञानेन्द्र मल्ल ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.