पुरुष र महिला क्रिकेटरले १ वर्षकै तलब पाउने

नेपाल क्रिकेट संघ (क्यान)को सेन्ट्रल कन्ट्रयाक्टमा रहेका राष्ट्रिय महिला र पुरुष क्रिकेटरलाई एक वर्षकै तलब दिने भएको छ। क्यानले महिला र पुरुष खेलाडीसँग ६ महिनाको मात्र सम्झौता गरेपछि खेलाडीलाई १ वर्षकै तलब उपलब्ध गराउने तयारी क्यानले गरेको छ।

अन्तर्राष्ट्रिष्य क्रिकेट परिषद् आईसिसीले १ वर्षकै तलब बराबरको रकम उपलब्ध गराएका क्यानले सोही अनुसार सेन्ट्रल कन्ट्रयाक्टमा रहेका महिला र पुरुष क्रिकेटरलाई १ वर्षकै तलब दिने तयारी गरेको क्यान सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

पुरुष क्रिकेटरले पारिश्रमिक पाइरहेपनि महिला क्रिकेटरले भने अहिलेसम्म तलब पाएका छैनन् । ६ महिनाअघि चितवनमा बसेको क्यानको बोर्ड बैठकले महिला क्रिकेटरलाई पनि पारिश्रमिक उपलब्ध गराउने भन्दै सेन्ट्रल कन्ट्रयाक्ट गरेको थियो। त्यतिखेर महिला र पुरुष दुवै क्रिकेटरलाई ६ महिनाका लािग कन्ट्रयाक्ट गरेको थियो।

क्यानेल २० पुरुष र २२ महिला क्रिकेटरलाई वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्रयाक्ट गरेको छ। पुरुषतर्फ ‘ए’ ग्रेडमा परेका खेलाडीले ५० हजार, ‘बी’ले ४० हजार र ‘‘सी’ले मासिक ३० हजार तलब पाउने छन् । महिलातर्फ ए, बी र सी ग्रेडमा परेका खेलाडीले क्रमशः १५ हजार, १२ हजार र १० रुपैयाँ पाउने छन् ।

केन्द्रीय सम्झौतामा परेका खेलाडीहरु:

पुरुष

ए ग्रेडः पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी,दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी,

बी ग्रेडः सुसन भारी, आरिफ शेख, पवन सर्राफ, अविनास बोहरा

सी श्रेणीः सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, ललित राजवंशी, सन्दीप जोहरा

महिला

ए ग्रेडः रुबिना क्षेत्रि, नेरी थापा, इन्दु बर्मा,सिता राना मगर, करुणा भण्डारी

बी ग्रेडः ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया,काजल श्रेष्ठ, सरिता मगर, सरस्वती चौधरी

सी ग्रेडः कविता कुँवर,डोली भट्ट,अनुराधा चौधरी, सोनु खड्का,अञ्जली चन्द, सोभा आले, सुमन खतिवडा, ममता चौधरी

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.