सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

पहिलो वार्मअप म्याचमा क्यानडासँग खेल्दै नेपाल

आजबाट टि–२० विश्वकपमा वार्मअप खेलहरु सुरु हुँदैछ। विश्वकपका लागि १ महिना अगाडि अमेपिरका पुगेको नेपालले पनि आजै क्यानडासँग पहिलो अभ्यास खेल खेल्दैछ।

खेल नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डलासमा हुँदैछ।

अमेरिका र वेस्टइन्डिजमा ५ अभ्यास खेल खेलेकाले नेपाली टिम क्यानडाविरुद्धको खेलका लागि उत्साहित छ । नेपालले ५ मध्ये ४ खेल जितेको थियो ।

क्यानडाविरुद्ध अलराउन्ड दीपेन्द्रसिंह ऐरी भने खेल्ने छैनन। वेस्टइन्डिजमै अभ्यास खेलका क्रममा घाइते भकाले उनले क्यानडाविरुद्धको खेल गुमाएका छन्।

उनी अभ्यासमा फर्किसके पनि जोखिम लिन नचाहेकाले दीपेन्द्रलाई क्यानडाविरुद्ध आराम दिइएको हो। उनको खुट्टामा चोट लागेको छ।

क्यानडासँगको खेलपछि नेपालले ३० मेमा अमेरिकासँग आईसीसीको वार्मअप खेल खेल्नेछ।

विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुने विश्वकपमा नेपालले जुन ४मा डालासमै नेदरल्याड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।

267शेयर