नेपालले सुधार गर्‍यो आईसिसी वरियता, टि–२० मा १३ र ओडिआईमा १६औं स्थानमा

नेपालले आईसिसीको टी–२० र एकदिवसीय वरिताय सुधार गरेको छ। आईसिसीले सोमबार सर्वाजनिक गरेको नयाँ वरियतामा नेपालले दुवै एक स्था सुधार गरेको छ।

नयाँ वरियता अनुसार नेपाल टी–२०मा १३औं स्थानमा छ भने एकदिवसीयमा १६औं स्थानमा आइपुगेको छ। टि–२०मा नेपाल एसोसिएट राष्ट्रको शीर्ष स्थानमा छ भने एकदिवसीयमा एकदिवसीयमा नेपालभन्दा अघि स्कटल्यान्ड, ओमान र नेदरल्यान्ड्स छन्।

आईसिसीले पछिल्ला ३ वर्षको नतिजाका आधारमा अन्तर्राष्ट्रिय क्रिकेकको नयाँ वरियता सार्वजनिक गरेको हो । आईसिसीले प्रत्येक वर्ष मेको सुरुआतमा तीन वर्षको प्रदर्शनका आधारमा वरियता निर्धारण गर्ने गर्छ ।

एकदिवसीयमा न्युजिल्यान्ड शीर्ष स्थानमा

एकदिवसीय वरियतमा न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ। आईसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा न्युजिल्यान्ड अस्ट्रेलियालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । न्युजिल्यान्डको १२१ रेटिङ छ भने अस्ट्रेलियाको ११८ छ। एकदिवसीय वरितामा भारत तेस्रो स्थानमा छ भने इंग्ल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन्।

यसैगरी टि–२० वरियामा इंग्ल्यानड शीर्ष स्थानमा रहँदा भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो, पाकिस्तान चौथो र अस्ट्रेलिया पाँचौं स्थानमा छन् । टेस्ट वरियतामा भने भारत शीर्ष स्थानमा रहँदा न्युजिल्यान्ड दोस्रो, अस्ट्रेलिया तेस्रो, इंग्ल्यान्ड चौथो र पाकिस्तान पाँचौँ स्थानमा छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.