नेपाली टिमलाई वाईवाईको हौसला, प्रत्येक रनकाे १ हजार, चौकाको ८, छक्काको १२ र विकेटको १५ हजार पाउने

2 Jun, 2024
Share:
117 Shares

नेपालले १० वर्षपछि टि–२० विश्वकप खेलिरहेको छ। आजबाट अमेरिका र वेस्टइन्डिजमा सुरु भएको विश्वकपमा नेपालले जुन ४मा नेदरल्यान्ड्सँग प्रतियोगिताको पहिलो खेल खेल्नेछ।

एक महिनाअघि देखि नै अमेरिकामा रहेको नेपाली प्रतियोगिताका लागि उत्साहित छ। अमेरिकामा रहेको नेपाली समर्थक पनि टिमलाई समर्थन गर्न उत्साहित छन्।

यसै माहोलमा वाईवाई चाउचाउले पनि विश्वकप खेलिरहेका नेपाली खेलाडीको हौसला बढाउन नगद पुरस्कारको घोषणा गरेको छ।

वाईवाईले प्रत्येक खेलमा नेपाली खेलाडीले प्रहार गर्ने प्रत्येक चौकाको ८ हजार, छक्का वापत १२ हजार रुपैयाँ दिने घोषणा गरेको छ। यस्तै, उसले प्रत्येक विकेट बरारब १५ हजार रुपैयाँ र प्रत्येक रनको १ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।

यस्तै, वाईवाई उत्पादनक कम्पनी सिजी फुड्सले अर्धशतक प्रहार गरे ५० हजार, शतक प्रहार गरे १ लाख र प्रत्येक जित वापत टिमलाई १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरेको छ।

उसले नेपाली टिम सुपर ८मा प्रवेश गरे टिमलाई एकमुस्ट ३० लाख रुपैयाँ उपलब्ध गराउन घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा पुरस्कारहरू घोषणा गरिएको बताउँदै सिजी फुड्सले यसका लाग क्यानसँग सम्झौता पनि गरिएको जनाएको छ।

पुरस्कार घोषणाले नेपाली खेलाडीहरूलाई उच्च प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ कम्पनीको छ।