अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा क्रिकेटरलाई क्यानले भत्ता दिने

नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय प्रतियोगितामा सभागीता जनाउने क्रिकेटरलाई भत्ता उपलब्ध गराउने भएको छ। दुई दशकपछि क्यानले आर्थिक कार्यविधि परिमार्जन गर्दै खेलाडीलाई भत्ता दिने निर्णय गरेको हो।

क्यानले एकदिवसीय खेल खेल्दा १० हजार र टि–२० खेल खेल्दा ५ हजार रुपैयाँ प्रत्येक खेलाडीलाई भत्ता उपलब्ध गराउने निणय गरेको हो। यस्तै क्यानले महिला क्रिकेटरलाई एकदिवसीयको ५ हजार र टि–२०को ३ हजार रुपैयाँ उपलब्ध गराउने छ । घरेलु प्रतियोगिता खेल्दा खेलाडीलाई ५ सय रुपैयाँ भत्ता दिनइने छ।

कयानले कोषाध्यक्ष रोशन सिंहका संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो। समितिमा दुर्गा राज पाठक र माधव कर्माचार्य रहेका थिए ।

‘अहिले हामीले सुरुवात मात्र गरेका हौँ । यी सेवा सुबिधा बिस्तारै बढ्दै जाने छन्,ु सिंहले भने, ‘अहिले क्यान पूर्ण रुपमा आईसीसीको निलम्बनबाट फुकुवा पनि हुन सकेको छैन । विस्तारै सुधारिदै जाने छ ।’

Facebook Comments Box