
विश्वकप छनोट खेल्न ओमान जाँदै नेपाली टिम
Read Time:1 Minute
टि-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता खेल्न नेपाली टोली आज ओमन जाँदै छ । नेपाली राष्ट्रिय टोली आज राति ८ बजे ओमन प्रस्थान गर्ने छ ।
ओमनमा हुने प्रतियोगितामा नेपालले ओमान, क्यानाडा, फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोटअघि नेपालले ओमान, आयरल्यन्ड र युएईसँग टि२० सिरिज पनि खेल्नेछ ।
नेपाल रहेको समूह ुएु मा क्यानाडा, फिलिपिन्स र ओमन छन्। त्यस्तै, समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी छन्।
नेपालले ओमानविरुद्ध १८ फेब्रुअरीमा पहिलो खेल खेल्नेछन्। दोस्रो खेल १९ फेब्रुअरीमा फिलिपिन्स र तेस्रो खेल क्यानाडासँग २१ फेब्रुअरीमा खेल्नेछ।
१८ देखि २४ फेबु्रअरीसम्म हुने प्रतियोगितामा २२ फेबु्रअरीमा सेमिफाइनलका खेल र २४ फेब्रुअरीमा फाइनल हुनेछ। विजेता र उपविजेता टोलीले आगामी अक्टुबरमा अस्ट्रेलियामा हुने विश्वकप खेल्न पाउनेछ।