
१५० रुपैइाँमा नेपाल र जिम्बावे ए बीचको खेल हेर्न पाइने
नेपाल र जिम्बावे एबीच हुने सिरिजको टिकट मूल्य निर्धारण गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सिरिजको टिकट मूल्य १५० रुपैयाँ रहेको तोकेको छ।
नेपालले घरेलु मैदानमा जिम्बावे ए सँग तीन खेलको एकदिवसीय र तीन खेलको टी२० सिरिज खेल्नेछ। एकदिवसीय सिरिज वैशाख १७ देखि २१ गतेसम्म चल्नेछ भने टी २० वैशाख २३ देखि २६ गतेसम्म हुनेछ।
सिरिज वैशाख १७ गते त्रिवि क्रिकेट मैदानमा हुनेछ। १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडी पनि सहभागिता रहनेछ।