
नेपाल र जिम्बाबे ए बीचको खेल स्थगित, खेल पुनः हुने
Read Time:1 मिनेट
नेपाल र टेस्ट रास्ट्र जिम्बाबे ए बीचको खेल स्थागित भएको छ। तीन खेलको एकदिवसीय सिरिजअन्तर्गतको आज हुने भनिएको पहिलो खेल वर्षका कारण स्थगित भएको हो ।
शुक्रबार रातिदेखि नै परेको वर्षाका कारण खेल टस नै नभइ स्थगित भएको हो । स्थगित खेल रिजर्भ डेमा खेलाइने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
आईसिसी विश्वकप लिग–२ अन्तर्गतको ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय टिमले जिम्बाबे एसँग समान तीन खेलको एकदिवसीय र टि–२० सिरिज खेल्न लागेको हो ।
एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ । टि–२० सिरिज वैशाख २३ देखि २६ सम्म कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ