हङकङमा हुने टि-२० सिरिजका लागि २० खेलाडी क्याम्पमा, अनिल र सन्दीप परेनन्, रुपेश, किरण र अर्जुन टिममा

29 Mar, 2025
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान)ले क्लोज क्याम्पका लागि २० खेलाडीलाई बोलाएको छ।

क्यानले आजै सकिएको प्रधानमन्त्री एकदिवसीय क्रिकेटको प्रदर्शनको आधारमा २० खेलालाई बन्द प्रशिक्षणमा बोलाएको छ। यिनै २० खेलाडीबाट नवनियुक्त मुख्य प्रशिक्षक स्टुआर्ट लले हङकङमा हुने टि–२० सिरिजका टिम छनोट गर्ने छन्।

क्लोजका बोलाइएको खेलाडीको सूचीमा नियमित सदस्य अनिल साह र सन्दीप लामिछने छैनन्। अनिल साह पिएम कपका क्रममा घाइते भएको तथा अपरेशनबाट रिकभर गरिरहेका टिममा नरहेको क्यालने जनाएको छ।

टिममा दुई युवा खेलाडी मधेशका रुपेश सिंह र कर्णालीका अर्जुन घर्ती परेका छन्। रुपेशले पिएम कपमा बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गरेका थिए भने अर्जुनको ब्याटिङ पिन चलेको थियो। यस्तै पिएम कपमा २ शतक प्रहार गरेका सुदूरपश्चिमका किरण ठगुन्ना पनि टिममा छन्।

क्याम्प अप्रिल २ देखि भैरहवामा सञ्चालन हुने छ।

अप्रिल ९ देखि १३ सम्म हुने चार देश सम्मिलिन सिरिजमा नेपालसँगै हङकङ, कतार र कुवेत छन्।

नेपाली टिम : रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), किरण ठगुन्ना, लोकेश बम, बासिर अहमद, दीपेन्द्रसिंह ऐरी, रूपेश सिंह, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, अर्जुन घर्ती, कुशल मल्ल, रुपेश सिंह, दिपेन्द्र रावत, शाहब आलम र बिबेक यादव ।