जिम्बाबेमाथि नेपालको ८ विकेटको जित, सिरिज १–१ को बराबरीमा

Read Time:1 Minute

जिम्बाबे ए विरुद्धको टि–२० सिरिजको अन्तिम खेलमा नेपालले सहज जित निकालेको छ। बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा नेपालले जिम्बाबेविरुद्ध ८ विकेटको सहज जित निकालेका ेहो ।

यो जितसँगै तीन खेलको टि–२० सिरिज १–१ को बराबरीमा सकिएको छ। पहिलो खेल जिम्बाब्बे ए ले जितेको थियो भने दोस्रो खेल वर्षाका कारण स्थगित भएको थियो ।

बुधबार भएको अन्तिम खेलमा त्रिवि क्रिकेट मैदानमा जितको लागि १३७ रनको लक्ष्य पछ्याएको नेपालले १५‍।५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालको जितमा ओपनर ब्याटर आसिफ सेखले १३ चौका र १ छक्काको मद्दतमा अविजित ८७ रन बनाए ।

कुशल भुर्तेलले ३४, बसिर अहमदले १५ बनाए । जिम्बाब्बेका लागि ल्युक जङ्वे र बान्डन मुबर्तेले १र१ विकेट लिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post जिम्बाबेले दियो नेपाललाई १३७ रनको सामान्य लक्ष्य
Next post रोड्रिगो चम्किँदा सिटीमाथि रियलको पुनरागमन जित, १४औं उपाधि नजिक रियल
Close