नेपालको खराब ब्याटिङ, जिम्बाबेविरुद्ध १३६ रमै अलआउट

Read Time:1 Minute

जिम्बोवे ‘ए’विरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले खराब ब्याटिङ गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.३ ओभरमा १३६ रनमा अलआउट भयो ।

जिम्बावे ए का बलरको धारिलो बलिङ सामु नेपाली ब्याटरले खुलेर खेल्न सकेनन् । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । छैठौं नम्बरमा ब्याटिङ गरेका उनले ७० बल खेल्दा २ चौका र १ छक्का प्रहार गरे । करण केसीले ३६ बल खेल्दै ३ चौका मद्दतमा २५ रन बनाए । सोमपाल र करणले आठौं विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए।

ओपनर कुशल भुर्तेलले १९ र दीपेन्द्र सिंह ऐरीले १८ रन बनाए । पहिलो ओभरमै ३ चौकासहित १४ रन जोडेका कुशलले १० बल खेल्दै कुल चार चौका प्रहार गरे । दीपेन्द्रले २० बल खेल्दै ३ चौका प्रहार गरे ।

आसिफ शेख र आरिफ शेख समान ५ रन बनाएर आउट भए भने रोहित पौडेलले ३ तथा आदिल आलमले २ रन बनाएर आउट भए ।

जिम्बावेका ब्राड एभान्सले सर्वाधिक ४ विकेट लिए । यस्तै भिक्टोर न्याउची, ब्राण्डन मभुता र सेफास जुवायो २–२ विकेट लिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post रेन्जर्स र फ्रान्कफुर्ट युरोप लिगको फाइनलमा
Next post लो स्कोरिङ म्याचमा नेपाल जिम्बाबे एसँग ३ विकेटले पराजित
Close