
लो स्कोरिङ म्याचमा नेपाल जिम्बाबे एसँग ३ विकेटले पराजित
एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ। शुक्रबार कीर्तिपुरस्थित टियू मैदानमा भएको लो स्कोरिङ म्याचमा नेपाल जिम्बाबे एसँग ३ विकेटले पराजित भयो।
पहिला ब्याटिङ गर्दै नेपालले दिएको १३७ रनको सामान्य लक्ष्य जिम्बाबेले २६ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । उसका लागि ओपनर इन्नोसेन्ट काईया सर्वाधिक ४८ रन बनाए। उनले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे।
यस्तै, सेफास जुवायो ३२ रन बनाउँदा ब्राड ईभान्सले १७ र राए काईयाले १४ रनको योगदान दिए । नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए भने सोमपाल कामी र सागर ढकालले पनि समान १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब ब्याटिङ ग¥यो । जिम्बाबेको कसिलो ब्याटिङ सामु खुलेर खेल्न सकेको नेपालले ३१.३ ओभरमा १३६ रनमै अलआउट भयो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाउँदा करण केसीले २५ रन बनाए । सोमपालले ७० बलमा २ चौका र १ छक्का प्रहार गरे भने करणले ३६ बलमा ३ चौका प्रहार गरे। यी दुईले आठौं विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए। यस्तै, ओपनर कुशल भुर्तेलले १९ र दीपेन्द्र सिंह ऐरीले १८ रन बनाए ।
जिम्बावेका ब्राड एभान्सले सर्वाधिक ४ विकेट लिए भने भिक्टोर न्याउची, ब्राण्डन मभुता र सेफास जुवायो समान २ विकेट लिए।