लिग २ को सिरिजका लागि दोस्रो चरणको टिम घोषणा, कुशल मल्ल बाहिरिए

4 May, 2025
Share:
117 Shares

अर्को महिना स्कटल्यान्डमा हुने आईसिसी विश्वकप लिग २को त्रिणात्मक सिरिजका लागि अहिले नेपाली टिम अहिले तयारी गरिरहेको छ।

करिब २ साताको प्रशिक्षण पश्चात नवनियुक्त मुख्य प्रशिक्षक स्टुआर्ट ल दोस्रो चरणको टिम घोषणा गरेका छन्। लले पहिलो चर(ामा रहेका ५२ खेलाडीबाट दोस्रो चरणमा २५ खेलाडीलाई टिममा रोखका छन्।

लले पहिलो चरणको क्याम्पबाट २८ खेलाडीलाई बाहिर राखेका छन्। जसमा राष्ट्रिय टिमका नियमित सदस्य अलराउन्ड कुलश मल्ल पनि छन्।

प्रशिक्षक लले पहिलो चरणमा ५२ खेलाडीलाई ४ समूहमा विभाजन गरेर अभ्यास खेल खेलाएका थिए। त्यहाँ गरेको प्रदर्शका आधरमा उनले २५ जना छनोट गरेका हुन्। दोस्रो चरणको टिममा युवा स्पिनर युवराज खत्री र रुपेश सिंह पनि परेका छन्।

स्कटल्यान्डमा लिग २ को त्रिकोणात्मक सिरिज अघि नेपालले इंग्याल्यान्डमा त्यहाँको स्थानीय ४ क्लबसँग अभ्यास खेल खेल्ने छ। त्यसपछि स्कटल्यान्ड जाने नेपाली टिमले स्कटल्यान्डको ए टिमसँग २ खेल खेल्न छ। लगत्तै स्कटल्यान्ड र नेदरल्यान्डसँग त्रिकोणात्मक टि२० सिरिज पनि खेल्ने छ।

२५ सदस्यीय टिम

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, सोमपाल कामी, गुल्शन झा, कुशल भुर्तेल, करण केसी, ललितनारायण राजवंशी, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, दिलिप नाथ, प्रतिश जिसी, अर्जुन साउद, साहब आलम, बसिर अहमद, लोकेश बम, नन्दन यादव, रिजन ढकाल, अकाश चन्द, रुपेशकुमार सिंह, शुभ कंसाकार, किरण ठगुन्ना, युवराज खत्री।