जिम्बाबेविरुद्ध नेपालको ९ विकेटको जित

Read Time:1 मिनेट

टेस्ट राष्ट्र जिम्बाबेको ए टिमविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले ९ विकेटको फराकिलो जित निकालेको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा ८८ रनको विजयी लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि ओपनर सुनिल धमलाले ३८ रन बनाए भने अर्का ओपनर आसिफ शेखले ३४ र विनोद भण्डारी ४ रनमा अविजित रहे । जितसँगै दुई एकदिवसीय सिरिज १(१ को बराबरी भएको छ ।

फास्ट बलरद्वय सोमपाल कामी र करण केसीले उत्कृष्ट बलिङ गरेपछि नेपालले जिम्बाबेलाई ८७ रनमै अलआउट गरेको थियो । पावर प्लेअमै ५ विकेट गुमाएको जिम्बाबेका लागि तीन खेलाडीले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके । उसका जोनाथन क्याम्पबेल सर्वाधिक २० रन बनाउँदा ब्राड इभान्सले २० र केफास जुवाले १० रन बनाए।

६६ रनमै ९ विकेट गुमाएको जिम्बाबेका लागि इभान्स र भिक्टर न्योचीले २१ रनको महत्वपूर्ण साझेदलारी गरेका थिए।

जिम्बाबेको इनिङ धरासायी बनाउने क्रममा नेपालका करण केसी र सोमपाल कामीले समान ३ विकेट लिए । करणले ८ ओभरमा ३ मेडनसहित १७ रन खर्चिए भने सोमपालले ७ ओभरमा १६ रन खर्चिए।

यस्तै, कप्तान सन्दीप लामिछानेले ८.५ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिँदा सागर ढकालले १ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post जिम्बाबेविरुद्ध नेपालको उत्कृष्ट बलिङ, जितका लागि ८८ रनको झिनो लक्ष्य
Next post अमेरिकी अर्बपति टाड बोलीले किने चेल्सी
Close