राष्ट्रिष्य क्रिकेट टिमको प्रशिक्षण भदौ पहिलो साताबाट

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण भदौ पहिलो साताबाट सुरु हुने भएको छ । सरकारले भदौ १ गतेबाट अन्तर्राष्ट्रिय खेललाई प्रशिक्षणको अनुमति दिएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिष्य टिमको प्रशिक्षण भदौ पहिलो साताबाट सुरु गर्ने तयारी गरेको हो ।

सरकारले बनाएको गाइडलाइनको पालना गर्दै क्यान लामो समय ठप्प रहेको क्रिकेट फर्काउने तयारी स्वरुप क्यानले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने तयारी गरेको हो ।

प्रशिक्षण सुरु गर्न क्यानले खेलाडी, स्टाफ तथा टियू मैदानका कर्मचारीहरुको कोरोना परीक्षण गराउने तयारी गरेको छ । ‘क्यानको पहलमा स्वास्थ्य मन्त्रालयले खेलाडीको पीसीआर परिक्षणका लागि सहमत जनाएको छ,’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, ‘साउनको अन्तिम भित्र सबै खेलाडीको कोरोना परिक्षण गर्नेछौं ।’

भ्यालीबाहिर रहेका खेलाडीहरुलाई झिकाउने विषयमा पनि क्यानमा छलफल भइरहेको सचिव प्याकुरेलले जानकारी दिए । प्याकुरेलले भने ‘अधिकांश खेलाडी काठमाडौं बाहिर छन्, उनीहरुलाई बोलाउनेबारे हामी छलफलमा छौँ । उनीहरुलाई बोलाएर पीसीआर परिक्षण गराराइ भदौको पहिलो साताबाट अभ्यासमा फर्काउने तयारी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *