राष्ट्रिय टिममा ज्ञानेन्द्र मल्लाको पुनरामगन, अर्जुन साउद पहिलो पटक टिममा

Read Time:2 मिनेट

नेपाल क्रिकेट संघ (क्यान)ले आसन्न केन्या भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ। अगष्ट २५ देखि सेप्टेम्बर ५ सम्म हुने एकदिसीय र टि–२० सिरिजका लागि क्यानले मंगलबार २० सदस्यीय टिम घोषणा गरेको हो।

क्यानले घोषणा गरेका टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि समावेश छन्। पूर्वकप्तान ज्ञानेन्द्रले ५ महिनापछि राष्ट्रिय टिममा पुनरामगन गरेका हुन्। गत मार्चमा युएईमा विश्वकप लिग–२ अन्तर्गतको सिरिज खेलेयता ज्ञानेन्द्र टिमबाहिर रहँदै आएका थिए।

यस्तै युवा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउदले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्। विस्फोटक ब्याट्सम्यानको छवि बनाएका अर्जुन यू–१९ टिमका सदस्य हुन्।

साहब आलम र विवेक यादवले पनि राष्ट्रिय टिममा पुनरागमन गर्दा ओपनर कुशल भुर्तेल र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी भने टिममा अटाउन सकेनन्।

नेपालले केन्यासँग ५ टी–२० र ३ एकदिवसीय सिरिज खेल्ने छ। टि–२० सिरिजको खेल अगस्त २५, २६, २८, २९ र ३० मा हुने छ भने एकदिवसीय खेल सेप्टेम्बर २, ३ र ५मा हुने क्यानले जनाएको छ।

नेपाली टिम : सन्दीप लामीछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, अदिल आलम, दिपेन्द्रसिंह ऐरी, पवन सर्राफ, देव खनाल, सोमपाल कामी, करण केसी, ज्ञानेन्द्र मल्ल, वासिर अहमद, अर्जुन साउद, साहब आलम, किशोर महतो र विवेक यादव ।

वैकल्पिक : प्रतिश जिसी, हरिशंकर साह, जितेन्द्र मुखिया र भीम सार्की

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %
Previous post नेपाली क्रिकेट टिमको प्रशिक्षक बने भारतीय पूर्वक्रिकेटर मनाेज प्रभाकर
Next post टेटेका राष्ट्रिय च्याम्पियन स्यान्टु पनि विदेशिए, बिहीबार अस्ट्रेलिया जाने
Close