क्रिकेटरलाई सम्मान गर्दै जनही २ लाख दिने प्रधानमन्त्रीको घोषणा

Read Time:2 Minute

आइसिसी विश्वकप लिग–२ घरेलु मैदानमा भएको नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिजमा सबैखेल जित्ने नेपाली क्रिकेटरलाई सरकारले नगद पुरस्कार दिने भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेटसलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले क्रिकेटरलार्य प्रतिव्यक्ति दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका गरेका हुन्।

खेलाडीहरूलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, ‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईंहरूलाई बधाई छ। तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्विप गर्नुभएको छ। यो देशकै गौरव हो।’प्रधानमन्त्री प्रचण्डले आउने प्रतिस्पर्धाका लागि शुभकामना दिए।

‘तपाईहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने,‘पहिला पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन। अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कूटनीतिक उचाइका लागि पनि भएको छ। तसर्थ, खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ।”

सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरे।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post केपी ओली कपमा पुलिसमाथि सातदोबाटोको जित
Next post आईपिएलमा हैदरावादको कप्तानी मकरमले गर्ने
Close