सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

टी-२० विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ।

सोमबार भएको दोस्रो अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो। यसअघि नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो।

नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

मुहम्मद तनभिरले ५१ तथा कप्तान मिर्जा बेगले ४० रन बनाए। नेपालका करण केसीले ३ तथा नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो। ओपनर कुशल भुर्तेलले ३३ बलमा ५६ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३८ तथा कुशल मल्लले अविजित ३८ रन बनाए।

कतारका मुनिर साद र इक्रमुल्लाह खानले २(२ विकेट लिँदा आरिफ नासिर र मुजीब उर रेहमानले समान १ विकेट लिए।

1.3Kशेयर