टियूमा चारै खेल जित्दै विश्वकप छनोटमा पुग्ने नेपालको लक्ष्य

Read Time:2 Minute

आईसीसी एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग–२को अन्तिम त्रिकोणात्मक सिरिज बिहीबारबाट कीर्तिपुरस्थित टियू मैदानमा सुरु हुँदैछ। सिरिज नेपाल, युएई र पपुवा न्युगिनीका बीच हुनेछ।

सिरिजका नेपालको लक्ष्य चारै खेल जित्दै एकदिवसीय विश्वकपको छनोटमा पुग्ने छ। चारै खेल जिते नेपाल लिग–२ तेस्रो हुँदै जिम्बाबेमा हुने विश्वमप छनोटमा पुग्ने छ।

सिरिजअघि आयोजित प्रेसकन्फ्रेसमा नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक मोन्टी देशाइले अन्तिम सिरिज कठिन भएपनि जीतको लक्ष्यका साथ मैदान उत्रने बताउनुभयो । उहाले बिहीबारको खेलमा सम्पूर्ण ध्याक केन्द्रीत रहेको बताए । एक–एक खेलमा ध्यान केन्द्रित गर्दै विश्वकप छनोटमा पुग्न हरसम्भब प्रयास गर्ने बताए।

त्यस्तै नेपालका कप्तान रोहित पौडेल आफूहरुको लक्ष्य विश्वकप छनोटमा पुग्ने भएकाले त्यही अनुसार महेनत गर्ने बताए । पछिल्लो समय टिमले राम्रो क्रिकेट खेलिरहेकाले आफूहरुको लक्ष्य पुरा हुनेमा आफू आशावादी रहेको बताए।

त्यस्तै युएई र पपुवा न्युगिनी पीएनजीका प्रशिक्षक र कप्तानहरुले पनि अन्तिम सिरिजमा ध्यान केन्द्रीत गरेको बताएका छन् । नेपालले बिहीबार पीएनजीसँग, आइतबार यूएईसँग, सोमबार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ ।

लिग–२ मा शीर्ष पाँचमा पर्न नसके नेपालले एकदिवसीय मान्यता जोगाउन प्लेअफ क्वालिफायरमा शीर्ष चारमा पर्नुपर्ने हुन्छ । नेपालको ३२ खेलमा ३२ र यूएईको ३१ अङ्क छ  र तालिकाको पाँचौ स्थानमा छ।

Happy
Happy
78 %
Sad
Sad
0 %
Excited
Excited
19 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
4 %
Previous post लिगमा सातदोबाटोको लगातार दोस्रो जित
Next post पछिल्ला ८ मध्ये ७ खेल जितेको नेपाल ओडिआई वरीयतामा २ स्थानमाथि उक्लियो
Close