नेपाली राष्ट्रिय टिमले टि-२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलियामा टि-२० सिरिज खेल्ने

27 Jun, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमले आसन्न टि–२० विश्वकपको एसिया छनोटको तयारी अस्ट्रेलिया गर्ने भएको छ।

त्यसका लागि नेपाली टिम अगस्टमा अस्ट्रेलिया भ्रमणमा जाने छ। त्यहाँ नेपाली टिमले ‘टप एन्ड टि–२०’ सिरिजन खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

सिरिजन अगस्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको डार्विनमा आयोजना हुने छ। डिएक्ससी एरिना, टिआईओ मैदान र काजली एरिनामा नेपालले ६ खेल खेल्ने छ।

यो सिरिजमा ४ अन्तर्राष्ट्रिय टिमसहित कुल ११ टिम सहभागी हुनेछन्। जहाँ अस्ट्रेलियाको ६ राज्यका घरेलु टिम पनि हुनेछन्।

यो अभ्यास नेपाली टिमका लागि विश्वकपको एसिया छनोटका लागि महत्वपूर्ण सावित हुने विश्वास क्यानको छ।

यस्तै, नेपाली टिमले विश्वकप छनोटकै तयारीका भारत र श्रीलंक पनि भ्रमण गर्नेछ । यो भ्रमणको मिति भने तय भइसकेको छैन।

टि–२० विश्वकपको एसिया छनोट अक्टोरब १ बाट ओमानमा आयोजना हुनेछ। जहाँ नेपाल, युएई, ओमन, पिएनजीसहित कुल १२ टिम सहभागी हुनेछ। यहाँबाट शीर्ष तीन टिमले भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा सहहभागीता जनाउने छ।

यो विश्वकप छनोट अघि नेपाली टिमले युएईमा वेस्ट इन्डिजसँग ऐतिहासिक टि–२० सिरिज पनि खेल्ने छ। यो सिरिज सेप्टेम्बरमा हुनेछ।