सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

क्यानले उपाध्यक्ष सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने

नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय उपाध्यक्ष रोशनकुमार सिंहसहित चारजनालाई स्पष्टीकरण सोध्ने भएको छ।

बिहीबार बसेको क्यानको बोर्ड बैठकले संघप्रति आधारहीन र नकारात्मक सन्देश फैल्याएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोध्न निर्णय गरेको हो।

जसमा उपाध्यक्ष सिंहसहितथ , केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य र दूर्गाराज पाठकसँगै सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल छन्।

यस्तै, बैठकले आईसिसीबाट बजेट प्राप्त भएपछि सातै प्रदेशमा इन्डोर ट्रेनिङ सेन्टर र टर्फ विकेट निर्माण गर्ने निर्णय पनि गरेको छ।

टियू मैदानको पिच पुनर्निर्माण गरी स्तरोन्नति गर्ने, हाल सञ्चालनमा रहेको जिम हललाई व्यवस्थित गर्ने लगायतको निर्णय पनि गरेको छ।

सेयर गर्नुहोस्

1.4KShares