सामग्रीमा जानुहोस्
बिहिबार, कात्तिक १९, २०८३

वेस्टइन्डिजमा तेस्रो खेलमा नेपाल पराजित, आजै अमेरिका फर्कने

आईसिसी टि–२० विश्वकपको तयारीका लागि वेस्टइन्डिजमा रहेको नेपाली टिम तेस्रो अभ्यास खेलमा पराजित भएको छ।

यसअघि सुरुवाती दुई खेलमा जित निकालेको नेपालले तेस्रो अभ्यास खेलमा स्थानीय टोली विनवार्ड्स भोलक्यानोजसँग ७४ रन को पराजय भोग्यो।

टस जितेर ‌पहिले ब्याटिङ गरेको विनवार्ड्सले २०५ रन जोडेको थियो। विनवार्ड्सका लागि डिलन डगलस र शाद्रक डेसकार्टेको अर्धशतक प्रहार गरे। ‌डिलनले ५६ रन र शाद्रकले ५५ रन बनाए।

बलिङमा नेपालका नेपालका कमलसिंह ऐरीले ४ र सोमपाल कामीले ३ विकेट लिए। करण केसी, सागर ढकाल र कुशल भुर्तेलले १(१ विकेट हात पारे।

२०६ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १७।२ ओभरमा १३८ रनमै आउट भयो। नेपालका लागि कप्तान रोहित पौडेलले ५३ रन र ओपनर आशिफ शेखले २४ बनाए।‌ सन्दीप जोराले २१ र करण केसीले १३ रन जोडे भने अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

विनवार्ड्सका लागि डैरोन नेड र कभेम होजले ३–३ विकेट लिए।

अब नेपाली टोली अमेरिका फर्किनेछ। त्यहाँ पनि नेपालले विश्वकप हुने मैदानमै २ अभ्यास खेल खेल्ने तालिका छ।

सेयर गर्नुहोस्

1.2KShares