यू–१९ विश्वकप छनोटमा नेपालको लगातार चौथो जित, मलेसिया ९ ओभरमै पराजित

Read Time:1 Minute

युएईमा जारी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले सादनर प्रदर्शनलाई निरन्तरता दिएको छ। प्रतियोगितामा लगातार चौथो जित निकाल्ने क्रममा मंगलबार नेपालले मलेसियामाथि १० विकेटको फराकिलो जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै मलेसियाले दिलएको ७३ रनको झिनो लक्ष्य नेपालले विनाक्षति ९ ओभरमै भेट्टायो। नेपालका लागि दीपक बोहराले २९ बलमा ३८ र अर्जुन कुमालले २५ बलमा २१ रन बनाए।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसिया नेपाली बलरले कसिलो बलिङ गरेपछि ३५.३ ओभरमा ७२ रनमै अलआउट भयो। उसका लागि ३ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके। उसको मुहम्मद अक्रमले सर्वाधिक २६ रन बनाउँदा मोहम्मद हरिल र मुहम्मद सयरले समान १२ रन बनाए।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि दीपेश कँडेलले घातक बलिङ गरे। उनले १० ओभरमा ४ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिए। यस्तै, अलावा आकाश चन्दले ३ तथा मिलन बोहराले २ विकेट लिए। आकाशले ३.३ ओभरमा ९ रन मात्र खर्चिए भने मिलनले ९ ओभरमा ५ मेडनसहित ८ रन खर्चिए।

प्रतियोगितामा लागतार चौथो जित निकालेको नेपाल शीर्ष स्थानमा उक्लिएको छ। तीन खेलमा तीन जित निकालेको युएई दोस्रो स्थानमा छ। ६ टिम सहभागी छनोटमा शीर्ष स्थानमा रहने टिमले श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्ने छ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post दीपेशको घातक बलिङ, मलेसिया ७२ रनमै अलआउट
Next post एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक, फुटबल र क्रिकेट हाबी
Close