युगान्डामा नेपाली महिला क्रिकेट टिमको खराब प्रदर्शन, सिंगापुरसँग १०१ रनको लक्ष्य पनि भेट्टाउन सकेन

11 Mar, 2025
Share:
117 Shares

युगान्डा भ्रमणमा रहेको नेपाली महिला टिमले खराब प्रदर्शन गरेको छ। चार देश सम्मिलित वुमन्स डे कप टी २० सिजिरमा नेपालले दोस्रो हारको सामना गरेको छ।

खराब ब्याटिङ गरेको नेपालले सोमबार साँझ भएको खेलमा हङकङविरुद्ध १०१ रनको सामान्य लक्ष्य पनि पछ्याउन सकेन। नेपाल हङकङसँग २ रनले पराजित भयो।

यसअघि नेपाल सिरिजको पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो युगान्डाविरुद्ध जित निकालेको थियो।

१०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन्। अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक रहँदा नेपालले ७ रन मात्र बनाउन सकेको थियो।

यस्तै, पुजा महतोले १९ तथा बिन्दु रावलले १४ रन बनाइन्। हङकङका लागि मारिको हिलले २ तथा सिउ मे वाइ र चान या किनले समान १ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १०० रन बनाएको थियो। उसका कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाइन् भने मारिको हिलले २१ रन बनाइन् ।

बलिङमा नेपालका लागि ईश्वरी विष्ट र कप्तान इन्दु बर्माले समान २ विकेट लिए।