आइसीसी टि–२० महिला विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ।
मलेसिया जारी प्रतियोगिताको दोस्रो खेलमा नेपालले शुक्रबार बहराइनलाई २.५ओभरमै हरायो। बहराइनले दिएको ३२ रनको झिनो लक्ष्य नेपालले विनाक्षति २.५ ओभरमो भेट्टायो।
महिला क्रिकेटको इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित हो। यसअघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट गरेको थियो। त्यतिबेला १७ रनको लक्ष्य रनको नेपालले मात्र ५ बल विनाक्षति भेट्टाएको थियो ।
बहराइनसँगको खेलमा नेपाललाई जिताउन कविता कुँवरले नट आउट १७ रन बनाइन्। अर्की ओपनर सीता रानामगरले ३ बलमा २ रन बनाइन्। नेपालले १३ रन अतिरिक्त पाएको थियो।
बहराइनसँगको खेलमा ४ ओभरमा मात्र ५ रन दिँदै २ मेडनसहित ३ विकेट हात पारेपछि बहराइन १५।४ ओभरमा ३१ रनमा अल आउट भएको थियो । बहराइनका लागि दीपिका रसाङ्गिकाले ११ रन बनाइन् । नेपाली बलर सामु टिक्न नसकेका बहराइनका अरु ब्याटरले दोहोरो स्कोरमा रन बनाउनै सकेनन् ।
नेपालले बिहीबार भएको खेलमा आयोजक टिम मलेसियालाई ५ रनले पराजित गरेको थियो । नेपालले समुह चरणको तेस्रो खेल भुटानसँग आइतबार खेल्नेछ।