मलेसियामा भएको चारदेशीय महिला टि–२० सिरिजको उपाधि नेपालले जितेको छ। शनिबार भएको फाइलन वर्षाले प्रभावित भएपछि नेपालले डकवर्थ लुइस नियमका आधारमा हङकङलाई १३ रनले हरायो।
पहिला ब्याटिङ गर्दै हङकङले दिएको १०२ रनको पछ्याएको नेपालले ५.३ ओभरमा १ विकेटका क्षतिमा ३७ रन बनाउँदा खेल वर्षाले रोकिएपछि नेपालले डिएल मेडर्थका आधार विजयी भएको हो। इन्दु बर्माले १९ र सिता रानामगरले १३ रन बनाए।
यो जितसँगै नेपाली राष्ट्रिय महिला टोलीको पहिलो उपाधि हो।
पहिला ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १०१ रन बनायो । उसका यिङ चानले सर्वाधिक २९ रन बनाउँदा मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन्।
बलिङतर्फ नेपालका लागि खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले समान १ विकेट लिए।
नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो भने अन्तिम खेलमा मलेसिायासित ६ विकेटले पराजित भएको थियो।
सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी थिए। महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीका सिरिज आयोजना गरिएको हो।