क्रिकेटराष्ट्रिय क्रिकेट

नेपाल र थाइल्यान्डबीचको वर्षाका कारण अनिर्णित

नेपाल र थाइल्यान्डको महिला टिमको मैत्रीपूर्ण टि–२० खेल वर्षाका कारण रद्द भएको छ।

मलेसियाको बायोमास ओभलमामा भएको खेल वर्षाका कारण दोस्रो इनिङको खेल ३ बल मात्र सम्भव भएपछि अनिर्णित बनेको हो।

पहिला ब्याटिङ गर्दैै थाइल्यान्डले नेपाललाई जितका लागि १२७ रनको बनायो। थाइल्यान्डका लागि कप्तान नथाकन चान्थमले सर्वाधिक ७८ रनको अविजित इनिङ खेलेकी थिइन्।

नेपालकी कविता कुँवरले २ विकेट लिएकी थिइन् भने पूजा महता, खुसी डङ्गोल, इन्दु बर्माले समान एक विकेट लिए।

१२८ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो इनिङमा ३ बल मात्र खलेको थियो। जसमा नेपालले सीता रानामगर शून्यमा गुमाएको थियो।

नेपाल र थाइल्यान्डले आइसीसी महिला टि–२० विश्वकपको एसिया क्षेत्र छनोटअघि अभ्यास खेल खेलेका हुन्। छनोट प्रतियोगिता भदौ १४ देखि २३ गतेसम्म मलेसियामा हुँदैछ।

एसिया छनोटमा विभिन्न ११ राष्ट्रको सहभागिता रहनेछ। नेपालको समूह एमा परेको छ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । त्यस्तै समूह बीमा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन्।

प्रतियोगितामा फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी–२० विश्वकप छनोट खेल्न पाउने छन्।