महिला टि-२० विश्वकपको एसिया छनोटमा नेपाल उपविजेता, थाइल्यान्डसँग ७८ रनले पराजित

20 May, 2025
Share:
117 Shares

नेपाल महिाल टि–२० विश्वकपको एसिया छनोटमा उपविजेता बनेको छ। मंगलबार बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा भएको सुपर थ्रीको अन्तिम खेलमा घरेलु टोली थाइल्यानडसँग ७८ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपाल उपविजेता बनेको हो।

सुपर थ्रीकै सोमबार भएको खेलमा युएईलाई ५ विकेटले हराउँदै नेपालले ग्लोबल छनोटमा स्थान बनाइसकेको थियो। थाइल्यान्ड पनि एसियाबाट ग्लोबल छनोटमा पुगेको छ।

पहिला ब्याटिङ गर्दै थाइल्यान्डले दिएको १५९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सक्यो। नेपालका लागि कविता कुँरले ३३ बलमा २५ रन बनाउँदा राजमती ऐरीले २७ बलमा २० र रुविना क्षेत्रीले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन। नेपालका ४ ब्याट्सम्यान शुन्यमा आउट भएका थिए।

नेपाललाई रोक्ने क्रममा बलिङमा ओनिचा काम्चोम्फुले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चेर ४ विकेट लिइन् भने थिपत्चा पुत्थाओङले ३ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको थाइल्यान्डले २ विकेट मात्र गुमाएर १५८ रन बनाएको थियो। उसका लागि नताया बोचाथम र नन्नापाट कोन्चरोन्काइले अर्धशतक बनाए। नतायाले ४२ बलमा ५ चौका मद्दतमा ५ण् रन बनाउँदा नन्नापाटले २८ बलमा ८ चौका मद्दतमा ५० रन नै बनाइन्।

बलिङमा नेपालका राजमति ऐरी र कविता कुँवरले समान १ किवेट लिए।