क्रिकेटराष्ट्रिय क्रिकेट

नेपाल टि–२० महिला विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल, थाइल्यान्डसँग ४६ रनले पराजित

नेपाल टि–२० महिला विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ। शुक्रबार मलेसियामा भएको एसिया छनोटको सेमिफाइनलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएपछि नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको हो।

पहिला ब्याटिङ गर्दै थाल्यानडले दिएको १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमो ५९ रनमै अलआउट भयो। नेपालका लागि कविता कुँवरले सर्वाधिक १७ रन बनाउँदा कविता जोशी र अप्सरी बेगमले समान १० रन बनाइन्।

नेपाललाई सस्तैमा समेट्ने क्रममा थाइल्यान्डकी थिपाट्चा पुथावाङले ३.३ ओभरमा ५ रन मात्र खर्चेर ३ विकेट लिइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा दुई विकेटको क्षतिमा १०५ रन बनायो । उसका लागि नानपाट कोन्चारोएनकाइले सर्वाधिक ५९ रन बनाइन् । उनले उनले ६३ बलको सामना गरेर चार चौका पनि प्रहार गरिन्।

यस्तै, नथाकन चन्थमले ३१ र चनिदा सुतिरुआङले नटआउट ११ रन बनाए । दोस्रो विकेटका लागि कोन्चरोएनकाइ र चन्थमले ६८ रनको साझेदारी गरे । नेपाली बलरमध्ये कविता कुँवर र पूजा महतोले समान एक विकेट लिए।

नेपाललाई हराउँदै फाइलन पुगेको थाइल्यान्ड ग्लोबल छनोटमा पुगेको छ। यस्तै, युएई र हङकङबीचको सेमिफाइनलको विजेता पनि ग्लोबल छनोटमा पुग्ने छ।