क्रिकेटराष्ट्रिय क्रिकेट

फ्लाइट डिले भएपछि नेपाली महिला क्रिकेट टिम विमानस्थलमा अलपत्र

टि–२० महिला विश्वकपको एसिया क्षेत्र छनोट खेलेर नेपाली टिम मलेसियाबाट आज साझँ काठमाडौं फकर्न तालिका थियो। तर, नेपाल फर्कन लागेको नेपाली महिला क्रिकेट टिम मलेसियन विमानस्थालमै अलपत्र परेका छन्।

मलेसियन समय अनुसार नेपाली टिम बेलुकी ६ बजेको हिमालय एयरलाइन्सबाट नेपाल फर्कने तालिका थियो । सोही अनुसार नेपाली टिम होटलबाट समयमै विमानस्थल पुगेको थियो।

हिमालयन एयरलाइन्सले प्राविधिक कारण देखाउँदै फ्लाइट ९ घन्डा डिले गरेपछि नेपाली टिम विमानस्थालमा दुःख पाएका हुन्। मलेसियान समय अनुसार नेपाली टिमको फ्लाइट अब बिहान ३ बजे हुने छ।

नेपाली टिममले विमान स्थालमा झण्डै १२–१३ घण्टा त्यही बिताउनु पर्ने भएको छ।

‘हामीले कुरा गरिरहेका छौं, हाम्रो कमजोरीका कारण यो समस्या आएको होइन। त्यहाँ एयरलाइन्सको प्राविधिक गडबढीले समस्या ल्याएको हो,’ क्यानले जनाएको छ।

क्यालने खेलाडीलाई विमानस्थलमा नै बस्न र खानाको व्यवस्था मिलाएको उनले बताए।