नेपाली महिला टिम एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ। वर्षा बाधक बन्दा नेपालको सेमिफाइनल पुग्ने सम्भावना तुहियो।
४ टिम सहभागी समूहमा नेपालले १ खेल मात्र खेल्न सक्यो । लगातार दुई वर्षले रद्द हुँदा नेपाल समूहमै रोकिन बाध्यो। शनिबार नेपालले आयोजक हङकङसँग खेल्न तालिका थियो। तर, लागतार वर्षपछि खेल हुन नसक्दा दुवै १ अंक बाँड्न बाध्य भए।
यसअघि नेपाल पहिलो खेलमा टेस्ट राष्ट्र पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने भारतसँगको दोस्रो खेल पनि वर्षाका कारण रद्द भएको थियो। ए बाट भारत र पाकिस्तान सेमिफाइलनमा पुग्दा समान २ अंक जोडेको नेपाल र हङकङ प्रतियोगिताबाट बाहिरिए। शनिबार नै हुने भनिएको पाकिस्तान र भारतबीचको खेल पनि रद्द भएको थियो।
प्रतियोगितामा सिधै छनोट हुन नसकेको नेपाल थाइल्याण्डले अन्तिम समयमा नाम फिर्ता लिएपछि प्रतियोगिता खेल्ने अवसर पाएको थियो ।
प्रतियोतिगामा समूह बीचबाट श्रीलंका र बंगलादेश सेमिफाइनल पुगेका छन्। सेमिफाइनल जुन १९मा हुने छ भने फाइनल जुन २१ मा हुनेछ।