सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

युगान्डा भ्रमणका लागि प्रारम्भिक टिम घोषणा, ३ नयाँ अनुहार, सीता र कविता परेनन्

Nepal team players during the ACC Women’s T20 Asia Cup 2024 match between Pakistan and Nepal at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 21, 2024. Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

नेपाली महिला राष्ट्रिय टिमले युगान्डामा सरिज खेल्ने भएको छ। सिरिज मार्च ६ देखि १७ तारिखसम्म हुने क्यानले जनाएको छ।

क्यानले सो सिरिजका लागि १८ सदस्यीय प्रारम्भिक टिम पनि घोषणा गरेको छ। १८ जनालाई केही साता बन्द प्रशिक्षण गरएपछि युगान्डा भ्रमणका अन्तिम टिम घोषणा गरिनेछ।

क्यानले घोषणा गरेको प्रारम्भिक टिममा राष्ट्रिय टिमका नियमित सदस्यद्वय सीता रानामगर र कविता कुँवर अटाउन सकेका छैनन्।

यस्तै, यू–१९ टिमका साना प्रविन, सीमना केसी र रिया शर्मा पनि पहिलो पटक सिरियर टिमको बन्द प्रशिक्षणमा परेका छन्। यू–१९ टिमकै कप्तान पुजा महतो र विकेटकिपर ब्याट्सम्यान अलिशा यादव पनि टिममा छन्। दुवैले राष्ट्रिय टिमबाट खेलिसकेका छन्।

नेपाली टोली ः इन्दु बर्मा ९कप्तान०, रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सबनम राई, सोभा रोकाय, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचानकुमारी चौधरी, मनिषा उपध्याय, कविता जोशी, ईश्वरी विष्ट, अलिशाकुमारी यादव, साना प्रविन, सीमाना केसी, रिया शर्मा

सेयर गर्नुहोस्

1.5KShares