नेपालले टस जितेर बलिङ रोज्यो, साउदी ब्याटिङमा

17 Apr, 2024

ओमानमा जारी एसिसी प्रियिमर कपको समूहको अन्तिम खेलमा साउदी अरेयिबाविरुद्ध नेपालले टस जितेको छ।

अल अमेरात क्रिकेट मैदानको ओभल २मा हुने खेलमा नेपाली कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका छन्। नेपाल बलिङ रोजेपछि साउदीले पहिला ब्याटिङ गर्नेछ।

११ः४५ बजे सुरु हुने भनिएको खेल मंगलबार राति परेको वर्षाका कारण ‘आउट फिल्ड’ भिजेका कारण खेल २ः१५ मा सुरु हुन लागेको हो। खेल ८ ओभरमा झारिएको छ।

नेपाल लातार तीन खेल जित्दै समूह विजेताका रुपमा सेमिफाइनल पुगिसकेका छन्। यता, साउदी भने ३ खेलमा १ जित निकालेको उसेका २ अंक छ। नेपाललाई हराउन सके साउदीको पनि सेमिफाइनल पुग्ने सम्भावना छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]