विलियम्सनको कप्तानीमा विश्वकपका लागि न्युजिल्यान्डको टिम घोषणा

29 Apr, 2024

अमेरिका र वेस्टइन्डिजमा अर्को महिनाबाट सुरु हुने टि–२० विश्वकपका लागि न्युजिल्यान्डले आफ्नो टिम घोषणा गरेको छ।

न्युजिल्यान्ड क्रिकेट बोर्डले केन विलियम्सनको कप्तानीमा विश्वकपका लागि १५ सदस्यीय टिम घोषणा गरेको हो।

आईसिसीले विश्वकपका लागि टिम घोषणा गर्न मार्च १ सम्मको समयकोृ दिएको छ। विश्वकपका लागि टिम घोषणा गर्ने न्युजिल्यान्ड पहिलो टिम बनेको छ।

टिममा ट्रेन्ट बोल्ड, ग्लेन फिलिप्स, मिचेल ब्रेसवेल, म्याट हेनरी, टिम साउदी, मिचेल सान्टनर जस्तो चर्चित खेलाडी छन्।

विश्वकपमा न्युजिल्यान्ड वेस्टइन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनीसँगै समूह सीमा छ। न्युजिल्यान्डले जुन ७ अफगानिस्तानसँग खेल्दै विश्वकप यात्राको थालनी गर्नेछ।

न्युनिल्यान्ड टिम : केन विलियम्सन, डेभोन कन्वे, ग्लेन फिलिप्स, फिन एलेन, लोकी फर्गुसन, रचिन रविन्द्र, ट्रेन्ट बोल्ट, म्याट हेनरी, मिचेल सान्टनर, मिचेल ब्रेसवेल, डार्यल मिचेल, इस सोधी, मार्क च्यापम्यान, जिमी निशम, टिम साउदी।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]