सामग्रीमा जानुहोस्
शुक्रबार, मंसिर ४, २०८३

एनपीएलको दोस्रो क्वालिफायरमा सुदूरपश्चिम र चितवन भिड्दै, को पुग्ला त फाइनल?

राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन्।

यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा साँझ ५ बजे सुरू हुनेछ।

सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो। चितवन भने इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई पराजित दोस्रो क्वालिफारयमा पुगेको हो ।

आज जित्ने टोली फाइनल पुग्नेछ। फाइनलमा लुम्बिनीसँग खेल्नेछ । फाइनल खेल मंसिर ५ गते हुनेछ।

सेयर गर्नुहोस्

1.1KShares