एनपिएलको दोस्रो संस्करण नेभेम्बरमा, मिनिअक्सन अगस्तमा

8 Mar, 2025
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान)ले गत वर्षबाट सुरु गरेको फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एपिएल)का दोस्रो संस्करण आगामी नोभेम्बरमा हुने भएको छ।

क्यानले शनिबार सर्वाजनिक गरेको सन् २०२५को क्यालेन्डेरमा एनपिएलको दोस्रो संस्करण नोभेम्बरमा हुने उल्लेख छ। नोभेम्बरमा हुने भनिए पनि मिति भने पछि घोषणा गरिने क्यानले जनाएको छ।

क्यानका अनुसार दोस्रो संस्करणको एनपिएलअघि मिनि अक्नस हुनेछ। मिनिअक्सन अगस्तमा हुनेछ। अक्सनको मिति पनि पछि नै तय हुनेछ।

एनपिएलको पहिलो संस्करण त्रिवि मैदानमा गत मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म भएको थियो।

८ टिम सहभगाी प्रतियोगिताको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो। फाइनलमा उसले सुदूश्चिम रोयल्सलाई हराएको थियो।