टी-२० विश्वकपमा पाकिस्तानकाे लगातार दाेस्राे जित

11 Feb, 2026
Share:
117 Shares

पाकिस्तानले जारी टी-२० विश्वकपमा लगातार दाेस्राे जित निकालेकाे छ। लगातार दाेस्राे जित निकाल्न क्रममा उसले मंगलबार अमेरिकालाई ३२ रनले हरायाे।

याे जितसँगै पाकिस्तान समूह ए मा ४ अंकसहित पाकिस्तान शीर्ष स्थानमा छ। पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो। अमेरिकाको भने यो लगातार दोस्रो हार हो।

कोलोम्बोस्थित सिन्हालेस स्पोर्ट्स क्लब (एसएससी) ग्राउण्डमा भएको खेलमा पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटकाे क्षतिमा १५८ रन मात्र बनाउन सक्यो।

उसका शुभम रन्जानेको अर्धशतक बनाए। रन्जानले ३० बलमा ३ चौका र३ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रन बनाए। ओपनर जहांगिरले ३४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४९ रन बनाएर आउट भए।

पाकिस्तानका लागि उस्मान तारिकले ३, शदाब खानले २ तथा शाहिन साह अफ्रिदी, अब्रार अहमद र मोहम्मद नवाजले समान १ विकेट लए।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । पाकिस्तानका ओपनर साहीबजादा फरहानले ४१ बलमा ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ७३ रन जोडे

यस्तै बाबर अजामले ३२ बलमा ४ चौका १ छक्का प्रहार गर्दै ४६ रन बनाए। शदाब खानले १२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोडे।

अमेरिका स्याडली भान स्यालवाएकले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए। उनले लगातार दोस्रो खेलमा ४ विकेट लिएका हुन्। यसअघि भारत विरुद्ध पनि स्याडलीले ४ विकेट लिएका थिए । उनी दुई खेलबाट ८ विकेटसहित सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा छन्।