लखनउमाथि पञ्जाबको प्रभावशाली जित, प्लेअफको आशा बलियो

5 May, 2025
Share:
117 Shares

इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले प्रभावशाली जित निकालेको छ। आइतबार राति भएको खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्समाथि ३७ रनको प्रभावशाली जित निकाल्यो।

धर्मशालामा भएको यो खेलमा पञ्जाबले उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन गर्दै प्लेअफको आशा बलियो बनाएको छ। लखनउको भने यो हारले सिजनको छैटौँ हारका साथ प्लेअफ सम्भावना कमजोर बनेको छ।

पञ्जाबले दिएको २३७ रनको ठूलो लक्ष्य पछ्याएको लखनउले ७ विकेको क्षतिमा १९९ रन मात्रै बनाउन सक्यो । उसका लागि आयुष बधोनीले ४० बलमा ७४ रनको पारी खेले भने अब्दुल समदको ४५ रन बनाए। अन्यले भने गतिलो योगदान दिन सकेनन्।

बलिङमा पञ्जाबका अर्शदीप सिंहले ३ विकेट लिए। उनले लनखउका सुरुअती तीन विकेट लिएका थिए। यस्तै, अज्मतुल्लाह ओमरजाइले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पञ्जाबले ५ विकेटको क्षतिमा २३६ रन बनायो। उसका लािग प्रभसिम्रन सिंहले ४८ बलमा ६ चौका र ७ छक्का मद्दतमा ९१ रन बनाए। यस्तै, श्रेयस ऐयरले ४५ रन बनाउँदा सशांक सिंहले ३३ रनको इनिङ खेले।

बलिङमा लखनउका डेब्यू खेलाडी आकाश सिंह र दिग्वेस राठीले समान २ विकेट लिए।

यो जितसँगै पञ्जाब ११ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। लखनउ भने ११ खेलमा १० अंकसहित सातौं स्थानमा छ। उसको प्लेअफ यात्रा कठिन बनेको छ।