अनिलको शतकमा मधेश विजयी, फाइनल आशा कायमै

25 Jan, 2024

प्रधानमन्त्री कपम एकदिवसीय क्रिकेटमा मधेश प्रदेश विजयी भएको छ। बिहीबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा अनिल साहको शतक मद्दतमा मधेशले गण्डकी प्रदेशमाथि १४५ रनको फराकिलो जित निकाल्यो।

यो जितसँगै मधेशको फाइलन पुग्ने सम्भावना कायमै छ। मधेश ८ खेलमा १० अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ। अब उसले मधेशले लुम्बिनी प्रदेशसँग खेलन बाँकी छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि ३३६ रनको लक्ष्य पछ्याएको गण्डकी ३९.५ ओभरमा १९० रनमा अलआउट भयो।

गण्डकीका कमल परियार र ईश्वर क्षेत्रीले समान २७ तथा कृष ऐयरले २६ रन बनाए पनि अन्यले गतिलो योगदान दिन सकेनन्। मधेशका रञ्जित कुमारले ४ तथा हरिशंकर साहले ३ विकेट लिए।

यसअघि पहिलो ब्याटिङ गरेको मधेशले विकेटकिपर अनिलकुमार साहको शतकको सहयोगमा ५ विकेट गुमाउँदै ३३५ रन बनाएको थियो। मधेशका अनिलले १२५ बलमा ११ चौका र ६ छक्कासहित १२७ रनको सानदार शतकीय इनिङ खेले।

यस्तै, अरनिको यादवले ३४ बलमा ५ चौका र ३ छक्कासहित ६३ रनमा नट आउट रहे भने पवन सरार्फ ३८ बलमा ३ चौका र २ छक्कासहित ४० रन बनाए।  गण्डकीका सन्दीप पराजुलीले १० ओभरमा ५१ रन खर्चेर २ विकेट लिए। कृष्ण पौडेल र कमल परियारले १–१ विकेट लिए।