हेमन्तले ह्याट्रिकसहित ७ विकेट लिएपछि बागमती ४६ रनमै अलआउट, सुदूरपश्चिम पिएम कपको शीर्ष स्थानमा

5 Apr, 2026

हेमन्त धामीले कीर्तिमानी बलिङ प्रदर्शन गरेपछि सुदूरपश्चिम प्रदेशविरुद्ध पीएम कपको शीर्ष स्थानमा उक्लिएको छ।

हेमन्तले ह्याट्रिकसहित ७ विकेट लिएपछि बागमती प्रदेशमाथि १६३ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम शीर्ष स्थानमा पुगेको हो।

योसँगै ६ खेलमा पाँचौं जित निकालेको सुदूरपश्चिम १० अंकका साथ शीर्षस्थानमा उक्लिएको छ। सुदूरले शीर्ष ४ मा पर्ने सम्भावना बलियो बनाएको छ। यता, अघिल्लो पटक शीर्ष ४ मा रहेको बागमतीले यो पटक भने ६ खेमा २ खेल मात्र जितेको छ।

जनकपुरमा भएको खेलमा सुदूरले दिएको २१० रनको लक्ष्य पछ्याएको बागमती ११.२ ओभरमा ४६ रनमै अलआउट भयो। यो जारी पीएम कप इतिहासकै कम योगफल हो भने समग्र पीएम कप इतिहासकै चौथो कम योगफल हो।

बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक ३२ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन छुनै सकेनन्। ५ खेलाडी शून्यमै आउट भएका थिए।

हेमन्तले घातक बलिङ गर्दै ६ ओभरमा १४ रन मात्र दिएर ७ विकेट लिए। उनले तेस्रो ओभरका चौथो, पाचौं र छैठौं बलमा विकेट लिँदै ह्याट्रिक गरे। हेमन्तको पीएम कप इतिहासकै उत्कृष्ट बलिङ हो। यसअघि नेपाल पुलिस क्लबका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा २० रन दिएर ७ विकेट लिएका थिए।

पहिले ब्याटिङको निम्तो पाएको सुदूरले ४२.१ ओभरमा अलआउट हुँदै २०९ रन बनाएको थियो .। नारायण जोशीले सर्वाधिक ७५ रन बनाए भने दिपक बोहराले ४० अनि अभिषेक पालले ३९ रन बनाए .।

बागमतीका प्रतिश जीसी र सन्दीप लामिछानेले समान ४ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]