सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

कर्णलीलाई हराउँदै बागमत पिएम कपको शीर्ष स्थानमा

बागमती प्रदेश प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। सोमबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशमाथि ७ विकेटको सहज जित निकाल्दै बागमती शीर्ष स्थानमा उक्लिएको हो।

६ खेलमा बागमतीको यो चौथो जित हो। ऊ ८ अंकसहित शीर्ष स्थानमा छ। प्रतियोगितामा बागमती सुरुआती २ खेलका पुलिस र एपिएफसँग पराजित भएको थियो। उसले त्यसपछि लागातार ४ खेल जितेको छ। ३ खेलमा तीनै जित निकालेको सुदूरपश्चिम ६ अंकसहित दोस्रो स्थानमा छ। कर्णाली ५ खेलमा ४ अंकसहित सातौं स्थानमा छ।

पहिला ब्याटिङ गर्दै कर्णालीले दिएको ७९ रनको झिानो लक्ष्य बागमडीले १३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। उसका लागि इशान पाण्डेले ३६ बलमा समान ३ चौका र छक्का मद्दतमा ४० रन बनाउँदा रविन जोशीले १६ रन बनाए।

कर्णालीका दिवान पुनले ६ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको कर्णाली रिजन ढकालको घातक बलिङमा २४.२ ओभरमा ७८ रनमै अलआउट भयो। उसका अर्जुन घर्तीले सर्वाधिक २३ रन बनाए। उनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस्तै, निश्चल रावलले ४१ बलमा १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहारो अंकमा स्कोर बनाउन सकेनन्।

कर्णालीको इनिङ ध्वस्त बनाउने क्रममा रिजनले ७ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए। यस्तै, कृजन गुरुङले २ तथा प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले समान १ विकेट लिए।

1.3Kशेयर