पिएम कम महिला क्रिकेट : मधेशमाथि सानदार जित निकाल्दै सुदुरपश्चिम फाइनलमा

Read Time:2 Minute

सुदूरपश्चिम टिम प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटको फाइनलमा पुगेको छ। सनुसरीको इटहरीमा जारी प्रतियोतिगामा शुक्रबार भएको सेमिफाइनलमा मधेश प्रदेशमाथि ११४ रनको प्रभावशाली जित निकाल्दै सुदुरपश्चिम उपाधि नजिक पुगेको हो।

पहिला ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको कीर्तिमानी १८१ रनको लक्ष्य पछ्याएको मधेशले ८ विकेट गुमाएर ६६ रनमात्र बनाउन सक्यो ।

उसका लागि प्रतिमा साहले १९, सीमा कुँवरले १६ र एलिशा यादव १४ले रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। मधेशलाई सस्तैमा रोक्न सुदूरपश्चिमका मनिषा चौधरी र ऋतु कनोजियाले २–२ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको सुदुरपश्चिमले २८० रनको कीर्तिमानी योगफल बनायो । यो प्रतियोगितको सर्वाधिक ठूलो योगफल हो।

उसका ओपनरद्वय कप्तान विन्दू रावल र कविता कुँवरले कीर्तिमान १२८ रनको साझेदारी गरेका थिए । कविताले ५४ बलमा १२ चौका र १ छक्कासहित ७० रन बनाइन्।

कप्तान विन्दूले ५२ बलमा ६० रन बनाउँदा कविता जोशीले १५ बलमा ३२ रन बनाइन् । बलिङमा मधेशकी साना प्रविण र भूमी सिंहले १–१ विकेट लिए ।

प्रतियोगिताको देस्रो सेमिफाइनलमा विभागीय टोली एपीएफ र घरेलु टोली प्रदेश १ बीच शुक्रबारै प्रतिस्पर्धा भइरहेको छ । सुदूरपश्चिमले यो खेलको विजेतासँग शनिबार उपाधिका लागि खेल्नेछ ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ढाका म्याराथनमा नेपालकी पुष्पाले जितिन् स्वर्ण
Next post ए डिभिजन लिगका तालिका सार्वजनिक, खेल च्यासल र दशरथ रंगशालामा हुने
Close