पिएम कप महिला क्रिकट : विभागीय डर्बीमा जित निकाल्दै एपिएफ फाइनलमा

24 Jan, 2025
Share:
117 Shares

विभागीय टिम एपिएफ क्लब धनगढीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार फाप्ला क्रिकेट मैदानमा भएको खेलमा सुपर फोरको अन्तिम खेल अर्थात विभागीय डर्बी त्रिभुवन आर्मी क्लबलाई हराउँदे एपिएफा फाइनलमा पुगेको हो।

डिफेन्डिङ च्याम्पियन एपिएफ सुपर फोरमा लागतार तीन जित निकाल्दै फाइनल पुगेको हो। उसले अन्तिम खेलमा आर्मीमाथि ६९ रनको फराकिलो जित निकाल्यो।

१७ ओभरमा झारिएको खेलमा एपिएफले दिएको ११६ रनको लक्ष्य पछ्याएको आर्मीले अन्तिम बलमा अलआउट हुँदै ४६ रन मात्र बनाउन सक्यो। उसका लागि राधिका पुजाराले १७ र लक्ष्मी साउदले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सोकनन्।

आर्मीको इनिङ धरासायी बनाउने क्रममा एपिएफका रेखा सावलले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चेर ४ विकेट लिइन् भने सबनम राईले २ र कप्तान इन्दू बर्माले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको एपिएफले ३ विकेटको क्षतिमा ११५ रन बनायो। उसका लािग राजमति ऐरीले सर्वाधिक ३५ रन बनाउँदा कविता जोशीले ३४, इन्दू बर्माले १८ र ममता चौधरीले ११ रन बनाए।

बलिङमा आर्मीका सुस्मिता भुसालले २ तथा ईश्वरी विस्टले १ विकेट लिए।